पुष २२। ”दोस्रो असोक स्मृति रनिङ्ग कप बास्केटबल प्रतियोगिता २०७८” यहि माघ १ गते देखि हुने भएको छ। विगत वर्ष झैँ यस वर्ष पनि विपी स्वास्थ्य प्रतिष्ठान भित्र रहेका ‘डायनामिक युथ क्लव’को आयोजना तथा ‘हाम्रो कलेक्सन’को संयोजनमा प्रतियोगिता आयोजना हुने भएको हो। पुर्व राष्ट्रिय बास्केटबल खेलाडी रवी वास्फोरका पिता,स्वोर्गीय असोक वास्फोरको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने संयोजक रवि वास्फोराले बताउनु भयो।
प्रतियोगितामा विर्तामोड,दमक ,विराटनगर ,तरहरा ,धरान लगायत बाट १० टीम सहभागी हुनेछन्। प्रतियोगितामा सुनसरी बास्केटाबल संघ र धरान बास्केटाबल संघको प्राविधिक सहयोग रहनेछ। त्यसै गरि ,प्रतियोगितामा फ़ाइनल खेल अघि प्रतियोगितामा सहभागी खेलाडीहरु बिच थ्री पोइन्ट कम्पिटीसन समेत गराइने आज भएको पत्रकार सम्मेलनमा बताइएको छ।थ्री पोइन्ट कम्पिटीसन विजेता खेलाडीले नगद पुरस्कार,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

विपी प्रतिष्ठानका कर्मचारी एवं पूर्व फुटबल खेलाडी समेत रहनुभएका वास्फोरको निधन २०६८ असोज २५ गते भएको थियो। पूर्व खेलाडी एवं प्रतिष्ठानका कर्मचारी समेत रहनुभएका हुनाले उहाको सम्मानमा परिवारको विषश सहयोगमा असोक स्मृति रनिङ्ग कप वास्केटबल प्रतियोगिता आयोजनाको रुरुवाता गरिएको जनाइएको छ। स्वोर्गीय खेलाडी वास्फोरको सम्मानसंगै बास्केटबल खेलाडीको प्रतिभा एवं बास्केटाबल खेल विकासमा पनि सहयोग पुर्याउने हेतुले सो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रवि वास्फोराले बताउनु भयो।

-प्रथम पुरस्कार :नगद रु ५५ ,५५५ +ट्रफी +मेडल +प्रमाणपत्र
-द्वुतिया पुरस्कार: नगद रु २५ ,५५५ +ट्रफी +मेडल +प्रमाणपत्र
-उत्कृष्ट खेलाडी:बास्केटबल जुत्ता +ट्रफी +प्रमाणपत्र
-डी मण्डु म्यान अफा द म्याच :नगद रु ३ ,000+ट्रफी +प्रमाणपत्र
-उदयीमान खेलाडी :ट्रफी +प्रमाणपत्र र गिफ्ट ह्याम्पर्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x