धरान,२४ कात्तिक। धरान उपमहानगरपालिकाले डम्पिङ साईड व्यवस्थित गरेर त्यहाँ हुने आगलागीलाई पनि नियन्त्रण गर्ने भएको छ । फोहोरबाट निस्किएको विषाक्त धुवाँ र फोहोरले स्वस्थ्यमा असर गर्ने भएकोले उपमहानगरपालिकले यस्तो व्यवस्था गर्ने भएको धरान उपमहानगरपालिका प्रशासन प्रमुख गणेश खतिवडाले बताउनुभयो।

चारकोशे जङ्गलको डम्पिङ साईडमा फालिएको फोहोरहरुमा तामा, फलाम लगायत धातुजन्य पदार्थ एवं कवाडी संकलन गर्न आउनेहरुले फोहोरमा आगो लगाउने गर्छन् ।इटहरी उपमहानरपालिका क्षेत्रको सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा जथाभावीरुपमा फाल्ने गरेको समेत पाइएकोछ ।
यसले जंगलमा आगलागीको खतरा हुन्छ भने धुँवा फैलिएर पर्यावरणलाई पनि असर पुर्याइरहेको हुन्छ ।अव्यवस्थित तरिकाले फोहोर फाल्न नपाईने भन्दै धरानका मेयर तिकल राईले तत्काल रोक्न निर्देशन पनि दिएका थिए ।

जथाभावी रुपमा फालेको फोहोरको दुर्गन्धका कारण खानेपानीको वेल हाउसमा बस्ने कर्मचारी तथा तिनका परिवारका सदस्यहरु विरामीे हुन थालेको गुनासो आएको पनि धेरै भैसकेको छ।अब भने उपमहानगरपालिकाले यसको दीर्घकालिन समस्या समाधानको लागि नगरको फोहोरमैला व्यवस्थापन गर्न भेञ्चर वेस्ट टु इर्नजी प्रालिसँग सहकार्य गरेको छ । प्रालिले फोहोरबाट उर्जा उत्पादन गर्ने प्रशोधन प्लान्ट वडा नं। ६ पानवारीमा निर्माण गरेर परिक्षण पनि गरिसकेको वातावरण अधिकृत भेषराज घिमिरेले बताए।प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालिन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

आगामी मंसिर भित्रमा फोहोरबाट उर्जा उत्पादन शुरु गर्ने र ग्याँस बजारमा बेच्ने प्रालिले जनएको छ।हाल डम्पिङ साईडमा केही समस्या देखिएको कारण व्यवस्थापनको लागि र फोहोर जल्ने समस्या समाधान गर्न पहल भइरहेको छ । डम्पिङ साईड व्यवस्थित गरि दैनिकरुपमा फोहोर व्यवस्थापन गर्ने बताइएको छ ।

धरानमा दैनिक करिव २२ मेट्रीक टन फोहर उत्पादन हुने अनुमान छ।त्यति फोहोर प्रशोधन गरेर दैनिक १२ सय देखि १५ सय किलो ग्याँस उत्पादन हुने अनुमान गरिएको छ।उत्पादन भएको ग्याँसबाट धरानका टेम्पोहरु समेत सञ्चालन गर्ने प्रालिको योजना छ ।
आगमी २५ वर्षसम्म बढ्दो शहरीकरण र जनसंख्या अनुरुप उत्पादन हुने फोहर मैला व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x