धरान, २३ कार्तिक। धरान-१५मा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएकोछ। धरान उप-महानगरपालिका स्थित वार्ड नम्बर १५मा बसोवास गर्ने ३४ बर्षीय छुङ्कु मगर (राई) को ४१ वर्षीय महेन्द्र राईल (श्रीमान)को कुटपिटबाट मृत्यु भएको हो।

१ नम्बर प्रदेश प्रहरीले दिएको जानकारी अनुसार कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङ्कुका श्रीमानले कुटपिट गर्दा उनी घाइते भएकी थिइन । घाइतेलाई केही दिन घरमै सामान्य उपचार गरिरहेको र स्वस्थ्य अवस्था गम्भीर भएपछि हिजो थप उपचारको लागी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।उपचारको क्रममा मृत्यु भएको प्रहरिले खुलएकोछ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको जनाइएकोछ। प्रहरी टोलीले आरोपि महेन्द्र राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताउनुभयो । हत्या आरोपमा पक्राउ परेका मृतकका श्रीमान, राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतकको शव पोस्टमार्टमकोलागि तयारी भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x