धरान । धरान उपमहानगरका प्रमुख तिलक राईले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख राईले देश तथा विदेशमा रहेका सम्पूर्ण धरानबासी महिला दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको हो ।

नगर प्रमुख राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको अवस्था छ । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’

महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट अग्रसर हुन पनि नगर प्रमुख राईले सबैमा आग्रह गर्नु भएको छ । ‘सबै महिलाहरुको समान अधिकार र पहुँच, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु । अतः १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैंगिक समानताका लागि समान सोच र व्यवहारका साथ अघि बढ्ने संकल्प गर्दै सम्पूर्ण नगरबासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x