धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना संक्रमणविरुद्धमा बेलैमा सचेत र सजग रहन नगरबासीलाई आग्रह गर्नु भएको छ ।

धरान उपमहानगरपालिकाका मेयर राईले कोरोना भाईरसको नयाँ भरियन्ट तीब्र गतिमा बढिरहेको र पछिल्लो समयमा छिमेकी मुलुक भारत लगायत नेपालमै पनि अत्यन्तै महामारीको रुपमा यसले अकल्पनीय रुपमा मानवीय क्षति भईरहेकोले बेलैमा कोरोनाको संक्रमण विरुद्धमा सचेत र सजग रहन आम नगरबासीलाई आज आग्रह गर्नु भएको छ ।

मेयर राईद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना संक्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको धरानमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको र १ जनाको मृत्यु समेत भइसकेको छ । कोरोनाबाट बच्नका लागि हालै जिल्ला प्रशासन कार्यालय सुनसरीले लागु गरेको एक साताको निषेधाज्ञा पुर्ण रुपमा पालना गर्न र गराउन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दछु । बालक र वृद्धहरुले घरमै बस्ने र अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै साबुन पानीको प्रयोग गरि पटक पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन अनुरोध गर्दछु ।’

उहाँले निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजानिक स्थान र स्थलहरुमा भिडभाड भएको देखेमा आफैले सो भिडभाड हुन नदिने र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गर्नु भएको छ । साथै नगरबासीमा कोभिड सम्बन्धी कुनै लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न समेत मेयर राईले आग्रह गर्नु भएको छ ।

‘सम्पुर्ण नगरबासीहरु सबै स्वस्थ र सुरक्षित रहौं सबै मिलेर विश्वमा महामारीको रुपमा फैलिएको यो कोभिडबाट धरान नगरीलाई जोगाउ र यसका निम्ति सबैले आ-आफ्नो स्थानबाट महत्वपुर्ण भुमिका निर्वाह गरिदिनुहुन समेत अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap