धरान । धरान उपमहानगरका प्रमुख तिलक राईले शेर्पा जातिको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

नगर प्रमुख राईद्वारा शुभकामना सन्देशमा भनिएको छ, ‘धरान उपमहानगरपालिका विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको बसोबास रहेको सुन्दर नगरी हो । धरानमा बसोबास गर्ने बहुल जाति, बहुल धर्मावलम्वीहरुको आ-आफनो संस्कार संस्कृति र मौलिक पर्वहरु छन् । यही सन्दर्भमा धरानमा उल्लेखनीय उपस्थित रहेको शेर्पा जातिको महान् चाड ग्याल्पो ल्होसारको शुभ अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नगर बासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

उनले बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रूपमा समेत रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्वपूर्ण मानिन्छ । ग्याल्पो ल्होसार पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु’ नगर प्रमुख राईद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

यस्ता चाड पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडि बढ्न समेत नगर प्रमुख राईले आग्रह गर्नु भएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap