धरान । धरान उपमहानगरपालिकामा पछिल्लो समय कोभिड–१९ को संक्रमणदर बढ्दै गएको छ । उपमहानगरपालिकाले यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि खोप खरिद गर्ने भएको छ ।

संघिय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिका श्रेत्र भित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खोप खरिद गर्ने भएको हो । मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग राख्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ पत्र पठाउनुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै श्रोतबाट खोप लगाउने योजना बनाएको पत्रमा उल्लेख गर्नु भएको छ । उक्त एक लाख नागरिकको पहिलो र दोश्रो मात्राको खोप लगाउनको लागि दुईलाख डोज खोप धरानमा आवश्यक पर्ने भएको भन्दै मेयर राईले स्वीकृति प्रदान गर्न माग गर्नु भएको छ । धरानबासी स्वास्थ्य भए मात्रै नगर विकासको कार्य अगाडी बढ्ने मेयर राईले बताउनुभयो ।

धरानमा कोरोनाको देश्रो भेरियन्ट आए यता १६८६ जनामा संक्रमण देखिएको छ । हाल सक्रिय सक्रमितको संख्या ५७० रहेको छ भने ३८ जनाले ज्यान गुमाईसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x