पुष २८। धरानका ४ कृषक परिवारलाई उपमहानगरपालिकाले साढे १७ हजार रुपैमा पावर ट्रेलर प्रदान गरेको छ । स्थानिय कृषिमा आधुनिकीकरण प्रोत्साहिच गर्न उपमहानपाको अनुदानमा पावर टिलर प्रदान गरेको हो ।

चीनमा बनेको उक्त पावर ट्रेलरको बजार मुल्य न्युनतम ६५ हजार पर्न जान्छ। धरान उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समुहको २५ प्रतिशत लगानीमा पावर टिलर प्रदान गरिएको हो । टिलर सानो साइजको उपकरण भएकोले पहाडि भूगोलका कान्लाहरुले बनेका खेतबारी खनजोत गर्न सजिलो मानिन्छ ।
मेयर तिलक राईले मंगलवार उपमनपा परिसरमा उक्त उपकरण हस्तान्तरण गरेका हुन्। टिलर पाउने कृषक समुहमा धरान २० स्थित मचिन्द्र कृषि तथा पशुपन्छि फर्म, वडा ४ को दाजुभाई फर्म, वडा ५ को निशानदेवि कृषि समूह र ठिंगाबारी कृषि समूह रहेकाछन् ।मेयर राईले कृषिलाई आधुनिकिकरण तर्फ प्रोत्साहित गर्न कृषि अनुदान स्वरुप टिलर प्रदान गरिएको बताउनुभयो। धरानमा गाभिएको विष्णृुपादुका र पाँचकन्या गाविसा कृषि क्षेत्र भएकोले स्थानीय सरकारले प्रदान गरेको औजार, मल, बिउहरुको अधिकतम सदुपयोग गरी उत्पादन बढाउन मेयर राईले आग्रह गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x