धरान । धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ ।

आज (शुक्रबार) आयोजित नवौं नगरसभाको दोश्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको हो । शनिबार पुनः बैठक बस्ने गरि स्थगित भएको उपमहानगरपालिकाका सुचना अधिकृत समेत रहेका राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार सुनसरी उद्योग वाणिज्य संघको हलमा दिउँसो १ बजे बैठक बस्नेगरि स्थगित भएको हो । शनिबार बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने जनाएको छ ।

असार १५ गतेसम्म नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि बोल्न चाहनेहरुलाई नाम टिपाउन समय दिईको थियो । नाम टिपाएका वडाध्यक्ष तथा सदस्यहरुले आजको बैठकमा कुरा राखेका थिए । बैठकमा विधेयक प्रस्तुतकर्ता उपप्रमुख मञ्जु भण्डारीले सदस्यहरुले उठाएको विषयमा प्रष्ट पार्नुभएको थियो । यस्तै, प्रमुख तिलक राईले विधेयक पारित गर्न प्रस्ताव गरेपछि ध्वनी मतले सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको हो । असार १० गते उद्घाटन भएको नगरसभा असार १९ गते बस्ने गरि स्थगित भएको थियो । बजेटमा सहमति जुट्न नसकेपछि असार २५ गतेसम्मका लागि बैठक सारिएको थियो । नवौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित कूल बजेट २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेश भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap