धरान । पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको कारण धरानका मठ-मन्दिरमा रोक लगाउने निर्णय गरेको छ ।

आईतबार धरान उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकले धरानको मठ-मन्दिरमा दैनिक हुने नित्य पुजा बाहेक आउजाउमा रोक लगाउने निर्णय गरिएको हो । धरान उपहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत गणेश खतिवडाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको दोस्रो लहर धरानमा पनि दिन प्रतिदिन बढ्दै गएको बताउँदै यसलाई रोकथाम तथा नियन्त्रण गर्न सार्वजनिक स्थलमा कम गराउन यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार धरानमा रहेका मठ-मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलहरुमा दैनिक नित्य पुजापाठ बाहेक अन्य आवतजावतमा रोक लागउने निर्णय गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x