धरान । धरानको वडा नं. २० र १३ मा पर्ने सर्दुखोलास्थित वीपी पार्कमा सरकारको ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिले आधुनिक सुविधायुक्त सरसफाईको दृष्टिले सुरक्षीत पर्यटकिय शौचालय निर्माण कार्य शुरु गरेको छ ।

पार्कमा दैनिक सैयकडौ आगन्तुको चाप बढेपछि सरसफाईको हिसाबले सुरक्षीत शौचालन बनाउन जरुरी भएको हुँदा धरान उपमहानगरपालिकाको प्रस्तावमा समितिले निर्माण कार्य शुरु गरेको हो ।

अहिले पार्कमा भएको सुलभ शौचालयको रिङग राखेर शकपिट बनाइएको २ कोठाको शौचालय छ । सरसफाईको दृष्टिले शौचालय अव्यवस्थित छ । पार्कमा आउने आगन्तुकहरुको संख्या बढ्दै गएकाले सिमेन्टको प्लाष्टर गरिएको शकपिट सहितको सुरक्षीत शौचालयको डिजाइन अनुसार आधुनिक शौचालय बन्न लागेको विहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले जानकारी दिनुभयो । नगरपालिकाका वरिष्ट इञ्जिनीयर सुरज श्रेष्ठका अनुसार १ हजार स्क्वायर फिटमा बन्न लागेको शौचालयमा पुरुषका लागि २ ट्वाइलेट, ५ युरिनल, महिलाका लागि ३ ट्वाइलेट रहने छ । अपाङमैत्री ट्वाइलेट १ कोठा सहित एउटा सर्भिस रुम पनि हुनेछ । शौचालयको शकपिटमा फोहोर जम्मा भएपछि अन्यत्र लगेर डम्पगर्न मिल्ने गरी सिमेन्टको प्लाष्टर गरी बनाइने छ । डिजाइन र निर्माणको टेण्डर सरसफाई कोषले नै गरेको हो ।

मेयर राईका अनुसार पार्कमा शौचालय आवश्यक भएको बारेमा वडा कार्यालय, स्थानिय समुदाय, आमा समुह समेतको भेलाले छलफल गरी उपमहानगरपालिका संग सम्झौता गरेपछि योजना कार्यन्वयनका लागि निर्णय गरिएको हो । भेलाले गरेको छलफलको माइन्युट निर्माणस्थलमा सञ्चालित ओशो आश्रमका सञ्चालक आनन्द श्रेष्ठले गरेका हुन् । तर यसबारे स्थानिय दैनिक ब्लाष्ट पत्रिकामा प्रकाशित समाचारले भ्रम पैदा गरेको उनको भनाई छ । धरानका लागि प्रस्तावित यस्ता ३ परियोजना मध्ये एउटा उपमहानगरपालिको सिफारिसमा धरान–१२ स्थित पब्लिक हाई स्कुलमा निर्माण हुने मेयर राईले बताउनुभयो । धरान–धनकुटा सडकको शुरुविन्दुमा बनाउने योजना वेश क्याम्प तथा वरपर बनाउने भनिएपनि जग्गा नपाएपछि वीपी पार्कमा प्रस्ताव गरिएको हो । तेश्रो योजना सेउती पूलमा बनाउने भएपनि सरसफाई कोषले नै कटौती गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटकिय स्थलको विकासका लागि नगरपालिकाले गरेको सही निर्णयप्रति व्यक्तिगत पुर्वाग्रही सोच राख्न नहुने सबैसंग आग्रह गर्दछु ।’
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुले पार्कमा अहिले पिसाब गरेको मात्र १० रुपयाँ लिने गरेको तथा त्यहाँको आम्दानीको हिसाब किताबाका साथै स्थानिय समुदायले निर्माण गरेको मलामी खाजा घर ओशो आश्रमले कब्जा गरी मलामीका लागि प्रयोग गर्न नदिदा विवाद चल्दै आएको बारेमा प्रश्न गरेका थिए । मेयर राईले योग अभ्यास सञ्चालन आवश्यक बताउँदै तर त्यस्ता संस्थाहरुले स्थानिय सरकारसंग सहकार्य गरी पारदर्शी र व्यवस्थित हुन जरुरी भएको बताउनुभयो । नक्सा अनुसार निर्माणस्थलको ठाउँ उत्तरतिर सार्न लगाई आश्रमका युवाहरुले रुख कटाएको कामदारहरुले बताएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘रुख काटिएको कुरा समाचारमा लेखिएको पढेपछि मात्र थाहाँ पाउँदा बढो दुःख लाग्यो र कसरी काटियो सोध्नु पर्यो ।’ मेयर राईले पत्रकार सम्मेलनमा समाचारमा भ्रम फैलिने गरी मेयरको मनपरी भनिएकोमा खण्डन गर्दै आफुले मनपरी नगरेको बताउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x