पुष ३०। धरानमा कोरोना विरुद्धको अमेरिकन खोप जोनसन एन्ड जोनसन १२ हजार १ सय ३५ जनाले लगाएका छन् ।धरान उपमहानगरपालिकामा पुस २८ र २९ गते सञ्चालन भएको खोप अभियानमा १२ हजार १ सय ३५ जनाले खोप लगाएका हुन्।

पहिलेको तुलनामा यस पटकको खोप अभियानमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताउनुभयो। धरानको २० वटै वडामा सञ्चालन भएको खोप अभियानमा पहिलो दिन पुस २८ गते ४ हजार ३ सय ९० जना र दोस्रो दिन पुस २९ गते ७ हजार ७ सय ४५ जना गरी दुई दिनमा १२ हजार १ सय ३५ जनाले जोनसन एन्ड जोनसन खोप लगाएको तथ्याङ्क रहेकोछ ।

धरानमा अहिले सम्म १ लाख २ हजार ५ सय १५ जनाले खोप लगाएका मध्ये ७६ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य महाशाखाका प्रमुख मेहेताले बताउनुभयो।आज धरानको छाताचौकमा रहेको धरान स्वास्थ्य चौकी र धरान-६ पानवारीमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनबाट जोनसन एन्ड जोनसन खोप लगाईदैछ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार धरान-६ मा आज एक दिन र छाताचौकबाट भने एक साता सम्म खोप लगाउने कार्यक्रम सञ्चालन हुनेछ । १८ वर्ष देखि माथकाले आफ्नो उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाउन पाउने बताइएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x