धरान । धरान उपमहानगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई पूर्जा वितरणका लागि भोली (आइतबार)देखि फारम वितरण तथा लगत संकलन कार्य शुरु गर्ने भएको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको संयोजत्वमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन प्रमाणिकरण गर्ने उद्देश्यले गठित भूमि सम्बन्धी समस्या समाधान स्थानीय सहजिकरणको आज बसेको दोस्रो बैठकले भोली देखि फारम वितरण गरिने जानकारी गराएको हो । भोली आईतबार बिहान ८ बजे धरान वडा नं. १५ बाट फारम वितरण गर्न सुरु गरिने धरान उपमहानगरपालिकाले जनाएको छ । लगत संलकन ईकाईका संयोजक वेद सापकोटाका अनुसार आईतबारदेखि धरानको २० वटै वडा कार्यालय मार्फत फारम वितरण र फारम भराउने कार्य सुरु गरिने छ । लगत संकलनका लागि ३६ जना कर्मचारी तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । भुमी आयोगमार्फत हाल धरानमा लगत संकलनको लागि १४ हजार ५ सय फारम आइपुगेको छ । लगत संकलन भएपछि कम्प्युटरमा इन्ट्री गरिने र त्यसपछि जग्गाको नापजाँचलगायत कार्य शुरु हुने सापकोटाको भनाई छ । सरकारले भुहिमिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकाहरुलाई पुर्जा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ ।

सहजिकरण समितिमा नगर प्रमुख तिलक संयोजक, उपप्रमुख मञ्जु भण्डारी उपसंयोजक, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल सदस्य सचिव छन् भने राजनीतिक दलको तर्फबाट सदस्यहरुमा नेकपा एमालेका राजमणी निरौला, नेकपा एमालेका प्रतिनिधि हर्कजङ एभेङ, माओवादी केन्द्रका प्रतिनिधि सुदर्शन श्रेष्ठ, नेपाली कांग्रेसका प्रतिनिधि नरसिंह राई, जनता समाजवादी पार्टीका प्रतिनिधि ताजुब लिम्बु, कार्यपालिका सदस्य हिरादेवी राई, कार्यपालिका सदस्य कल्पना थापा मगर, नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका सचिव सुबास राई र समाजसेवि पञ्चकला राई सदस्य रहेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap