धरान कोरोनाको दोस्रो लहर बढे सँगै धरान उपमहानगरपालिकाले एन्टिजेन परीक्षण सुरु गरेको छ ।

धरानमा कोरोना आंशका गरिएका व्यापारीको बजारमा दोकान खोलेको सेवाग्राहीको धरान उपमहानगरलाई गुनासो गरेपछि उपमहानगरले गुनोसालाई आधारमा मान्दै शंका लागेका व्यापारीको एन्टिजेन परीक्षण गरेको छ।

धरानको भानुचोक आसपासका बजार क्षेत्रमा केही व्यापारी संक्रमितको क्लोज कन्ट्याक्टमा भएकालाई एन्टिजेन परीक्षण विधीबाट आज ( शुक्रवार) उनीहरुको स्वाव संकलन गरिएको धरान स्वास्थ्य महाशाखाका प्रमुख उमेश कुमार मेहताले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा ल्याब टेक्निसियन लुनाले अधिकारी संकलन गरेको एन्टिजेन परीक्षण ३ जना व्यापारीकै रिपोर्ट आधा घण्टामा आएको थियो भने जसमा ३ जनाकै रिपोर्ट एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको हो ।

एन्टिजेन परीक्षण सरकारी तहबाट पहिलो पटक गर्न लागिएको हो, बढी प्रभावित क्षेत्रहमा सरकारले एन्टिजेन उपलब्ध गराएको हो भने धरान उपमहानगरपालिकाले सामाजिक विकास मन्त्रालय प्रदेश १ ले उपलब्ध गराएको हो पीसीआरमा स्वाब संकलन गरेपछि ल्याबमा परीक्षण गर्नुपर्छ र नतिजा आउन आठ घण्टाभन्दा बढी समय लाग्छ ।
एन्टिजेन परीक्षणमा आधा घण्टामै रिपोर्ट थाहा पाइन्छ ।

धरान उपमहागरपालिका र उद्योग वाणिज्य धरानको समन्वयनमा बाहिरबाट धरान भित्रिएका व्यक्तिलाई र कोरोना संक्रमितको क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिहरुको पनि एन्टीजेन परीक्षण गर्ने धरानका मेयर तिलक राईले जानकारी दिए । मेयर राईले भने कोरोनाको लक्षण देखिएमा र शंकास्पद लागेमा उपमहानगरपालिकालाई खबर गर्नुहोस् हामी नि ः शुल्क एन्टीजेन विधीबाट तत्काल परीक्षण गछौ ।

के हो एन्टिजेन परीक्षण ?

कुनै तत्व जसलाई हाम्रो प्रतिरक्षा प्रणालीले चिन्दैन र फरेन बडीको रुपमा लिन्छ, त्यसलाई एन्टिजेन भनिन्छ। अर्को शब्दमा फरेन बडी जसले प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्छ, त्यसलाई एन्टि–जेन (एन्टिबडी जेनरेटर) भनिन्छ।
नमुनामा यस्ता भाइरल एन्टिजेनको पहिचान गर्न सके उक्त नमुनामा कोरोना भाइरस छ भन्ने संकेत गर्छ। यसरी गरिने परीक्षणलाई एन्टिजेन टेस्ट भनिन्छ। यस परीक्षणका लागि पिसिआर टेस्टमा जस्तै नेजोफ्यारेन्जियल स्वाब र ओरोफ्यारेन्जियल स्वाबलाई नमुनाको रुपमा संकलन गरिन्छ। तर पिसिआर र एन्टिजेन टेस्टको भिन्नता चाहिँ के छ भने पिसिआर विधिमा कोरोना भाइरसको आनुवंशिक तत्व (आरएनए) को उपस्थिति पत्ता लगाइन्छ भने एन्टिजेन टेस्टमा चाहिँ कोरोना भाइरसको प्रोटिनको टुक्राको पहिचान गरिन्छ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap