धरान । धरान उपमहानगरपालिकामा कोरोना विरुद्धको भेरोसेल खोप यही जेठ २५,२६ र २७ गते तीन दिन लगाइने भएको छ ।

चीनमा उत्पादन भएको कोरोना विरुद्धको खोप सङ्घीय सरकारले देशव्यापीरुपमा सुरु गर्ने खोप अभियानअन्र्तगत धरानमा पनि ज्येष्ठ नागरिकहरूलाई यो खोप दिन लागेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

जेठ २५, २६ र २७ गते छाताचोक स्थित धरान स्वास्थ्य चौकीमा खोप लगाइनेछ । यो खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरूलाई लगाइने बताइएको छ ।

खोप अभियानबारे उपमहानगरपालिकाले धरानका सबै २० वटा वडा कार्यालयहरूलाई पत्राचार गरिसकेको छ । आफ्ना वडामा रहेका तोकिएको उमेर समूहका ज्येष्ठ नागरिकहरू खोपबाट वञ्चित नहुन भनेर वडा कार्यालयहरूलाई जानकारी दिइएको उपमहानगरले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap