धरान । नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज भएको एक महिना बढी भइसकेको छ । साविक संस्थानको अधिकांश संरचनाहरु जिर्ण अवस्थामा छन् । संस्थानको अधिकांश मेशिनरी सामाग्री लगायत पाइपहरु जिर्ण भएकै कारण धरानमा खानेपानी वितरणमा समस्या आएको हो । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं नगर प्रमुख तिलक राईको निर्देशनमा रातारात कामहरु भइरहेका छन् । हिजो सोमबार राति पनि नगर प्रमुख राई चारकोशे जंगलमा मर्मत हुदै गरेको पम्प हाउसको अवलोकण तथा निरिक्षण गर्न पुग्नु भएको थियो ।

‘धरानमा पानीको समस्या छ । हामि धरानेहरुलाई थाहाँ छ । त्यहि कारण पनि समस्यालाई हटाउनका लागि आयोजना आएको हो । आयोजनाले नेपाल खानेपानी संस्थानको हस्तान्तरण भएर अहिले संरचनाहरु जिम्मा लिएको छ ।’ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले भन्नुभयो, ‘लिइसकेपछि खानेपानी सहज हुनुपर्ने धराने जनतालाई लाग्नु स्वभाविक हो । तर, त्यो लिइसकेपछि त्यसमा भएको कमि कमजोरी सुधार गर्न, बनाउन ज्यादै ठूलो समय लागिरहेकोछ ।’ साविक संस्थानको पुराना संरचनाहरु निर्माणको क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चारकोशे जंगलमा संस्थानको चार वटा पम्प हाउस छन् । त्यस मध्ये ३ नं. र ८ नं. पम्प हाउस बिग्रिएको अवस्थामा थियो । बिग्रिएका कारण पानी उत्पादन हुँदैनथ्यो । ३ नं. पम्प केहीदिन अघि मात्र दुईदिन लगाएर बनाईसकेका छौं ।’ उहाँले संरचनाहरु अत्यन्तै जिर्ण रहेको बताउँदै पम्पमा आवश्यक पर्ने सामाग्रीहरु इण्डियाबाट ल्याउनुपर्ने बताउनुभयो । तर, अहिले कोरोनाका कारण सामान ल्याउनमा कठिनाई भएको हो । त्यसकारण ८ नं. पम्पको पुरानै संरचनाको मर्मत गरेर बनाएको उहाँले बताउनुभयो । धरानमा हिजोअस्तिको भन्दा पानीको अलिक सहज हुने छ । तर, पूर्ण रुपमा पानीको समस्या अहिले नै समाधान हुने स्थीती नभएको उहाँले बताउनुभयो । ‘आयोजनामा खानेपानी संस्थान मर्ज भइसकेपछि नौ महिनाको अवधि चाँहि मेनटेन गर्ने र अपरेशन गर्ने समय हो’ कार्यकारी निर्देशक पोख्रेलले भन्नुभयो, ‘हामिले अहिले सम्म पाईप फेरेउ, अहिले ड्राई सिजन भएकोले पानी ज्यादै कम छ ।’ पोख्रेलका अनुसार विभिन्न स्थानमा नन रेगुलेटर भल्व फेर्ने काम आजबाट सुरु हुँदैछ ।

साविक संस्थानको विभिन्न स्थानमा पाइप फुटेर पानी चुहावट भइरहेकोछ । चुहावट कै कारण रिजर्भ ट्यांकीमा पानी तान्न समेत समस्या भएको थियो । संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएपछि भने यस समस्याको समाधान गर्ने जिम्मा बोर्डको हो । खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक सुचना नै जारी गरेर चारकोशे जंगलमा रहेको साविक संस्थानको मेन ट्रंकलाईन पाइपको गएको विहीबार राति नै मर्मत गरिसकेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap