पुष २०।(✒रोहित कुलुङ राई) प्रधानमन्त्रीको गरिमा मै अर्धज्ञान भएकोप्रती सिटामोल खान सुझाव स्वरुप दुई शब्द खर्च गरे। विगत झै यसबर्ष पनि भव्यरुपमा १२१ औ ‘धरान डे’ मनाउने धरान उपमहानगरपालिका को निर्णयसंगै पौष २०,२१,२२ गते धरानमा विभिन्न कार्यक्रम मार्फत ३ दिन धरान डे मनाउने कार्यक्रम सार्वजनिक भयो। धरान डे को उद्वघाटन पौष २० गते मंगलबार दिनको १:०० बजे सम्मानिय प्रधानमन्त्री शेर बहादुर देउवा बाट हुने निश्चीत भए संगै देश को कार्यकारी प्रमुख आफ्नो ठाँउमा आउने भए पछि धराने जनता स्वागतका लागि तयार भए।

धरान डे उद्वघाटन गर्न धरान आएको बेला धरानमा समापन भएका विकाश निर्णाण को आयोजनाहरु पनि देशको प्रधानमन्त्रीको हैसियतले उद्वघाटन हुने तालिका नगरबाट सार्बजानिक हुन वितिकै धरानका संकोचित सोच भएको मान्छेहरु पार्टीगत सोचले देशको प्रधानमन्त्रीलाई समेत विकाश योजना को कुरा लुकाउन सम्म कम्मर कसेरै लागे !

देशको प्रधानमन्त्री आउदा त आफ्नो क्षेत्रको लागि बिकास योजनाहरु माग गर्ने भैरहेको योजनाहरु देखाउने यो विकाशले भएन। यस्तो खाले विकास गर्नु पर्‍यो बजेट चाहियो पो भन्नू पर्ने मा पाटी मानशिक्ताले ग्रस्तै देखियो धरानको लिला ! प्रधानमन्त्रीलाई त व्यक्ती कुनै पाटीको सभापतीको रुपमा मात्र पो बुझेका रहेछ्न।

प्रधानमन्त्री धरान आउने भए पछि नेपाली काँग्रेस पाटी को केन्द्रीय सभापती को तर्फ बाट धरानमा नवनिर्मित पाटी कार्यलय पनि उद्वघाटन हुने भए पछि लामो समय पछि आफनै पाटी कार्यलय निर्माण भए पछि धराने काँग्रेसी हरु ले खुसीयालीमा पाटी को झण्डा बजार एरीयामा फरफराए उत्सवको रुपमा खुशीयाली मनाए तर केही पाटी मानसिक्ता ले ग्रस्त मिडीया र व्यक्तिहरु ले बिरोध गर्न पनि भ्याए। नेपाली काँग्रेसको चारतारे झण्डा देख्दा टाउको दुखे सिटामोल खानु यो पंक्तिकार को सल्लाह छ।

‘धरान डे’मा धरान लाई सजाउनु धरानलाई झिली मिली बनाउनु हरेक धराने को दायित्व हो। हामीले धरानको उत्सव मनाइ रहदा र आफू धराने हुँ भनेर गर्व गरिरहदा फलानो पाटीले झण्डा लगायो भनेर आरोप मात्र लगाउने कि धरान झिलीमिली बनाउनु आफू पनि लाग्ने धरान बनाउन त धरान बहिरा बाट आउदैन हैन र ?

देशको प्राधानमन्त्री कुनै पाटी को मात्र हुदैन र नगरको मेयर कुनै पाटीको मात्र हुदैन। प्रधानमन्त्री देशको हुन्छ। मेयर पूरा नगरको हुन्छ। हामी पाटी मानसिक्ता र संकोचित सोचबाट माथी उठेर धरानको विकास गर्नु पर्छ र ‘धरान डे’लाई सचिक्कै धराने हुनुमा गर्व गर्दै स-परिवार सहभागी भएर मनाउनु पर्छ र सफल बनाउनु पर्छ।
जय धरान!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 कमेन्ट गर्नुहोस्
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
arjun Chhetry
arjun Chhetry
21 days ago

खासै फरक बिचार देखिन , लेखकलाई नेपालको प्रधानमन्त्री प्रत्येक्ष निर्वाचित कार्यकारी होइन भन्ने ज्ञान् रहेनछ , लेखक कै भनाइ अनुसार जाने हो भने प्रधानमन्त्रीले कंग्रेसको पाटी कार्यलय उद्घाटनगर्न जाँदा सबैले ताली बजाउन जान पर्छ भन्ने सोच राख्दै गर्दा सोचेजती उपस्थिति नभयेर आफ्नै टाउको दुखेर सिटामोल खोजेको पो हो कि भन्ने चाहिँ लाग्यो ।धन्यवाद

1
0
Would love your thoughts, please comment.x
()
x