धरान । धरानमा लीला श्रेष्ठ सुब्बाको स्मृतिमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

धरान उपमहानगरपालिका खेलकुद समितीको संयोजन तथा जिल्ला टेबल टेनिस संघ र पूर्व टेबुल टेनिस खेलाडी संघको प्राविधिक सहयोगमा यही चैत १० देखि १२ गतेसम्म लीला श्रेष्ठ सुब्बाको स्मृतिमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको हो । गएको शुक्रबार धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनको क्रममा मेयर तिलक राईले धरानका राजनैतिक ईतिहासमा अमुल्य योगदान पुर्याएका नेपालकै प्रथम उपसभामुख स्व. लिला श्रेष्ठ सुब्बाको सम्झनामा प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी गराए । प्रतियोगितामा मेन्स र लेडिज सिंगल प्रथम हुनेले ट्रफि र मेडल सहित नगद २०/२० हजार पाउनेछन् भने दोश्रोलाई ट्रफि र मेडल सहित नगद १०/१० हजार र तेश्रो हुने दुईजनालाई ट्रफि र मेडल सहित नगद ५/५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

यसैगरी जुनियर सिंगल, जुनियर गल्र्स र भेट्रान सिंगल तर्फ प्रथमलाई ट्रफि र मेडल सहित नगद १५/१५ हजार, दोश्रो हुने दुबैलाई ट्रफि र मेडल सहित जनही ७ हजार ५ सय रुपैयाँ र तेश्रो हुने दुईजनालाई ट्रफि र मेडल सहित ३५/३५ सय रुपैयाँ दिईने छ भने ब्वाईज सिंगल र गल्र्स सिंगल (१५ वर्ष मूनिकालाई) प्रथमलाई ट्रफि र मेडल सहित नगद १०/१० हजार, दोश्रोलाई ट्रफि र मेडल सहित ५/५ हजार र तेश्रो हुने दुईजनालाई ट्रफि र मेडल सहित २५/२५ सय रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता धरान १३ स्थित अमर सेवा समाजको कवर्ड हलमा हुने छ । प्रतियोगिता सञ्चालनका लागि कुल बजेट ३ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल लगायत भारतका दार्जिलिङ, सिक्किम र कालिम्पोङबाट समेत टप मोष्ट र्याङकिङ खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन मेन्स/लेडिज र भेट्रानको सिंगल ईभेन्टका लागी दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ भने १९ वर्ष मुनिका जुनियर व्बाईज तथा गल्र्सको दर्ता शुल्क ५ सय र अण्डर व्बाईज तथा गल्र्सको दर्ता शुल्क ४ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा उपमेयर मञ्जु भण्डारी समेतको उपस्थिति रहेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap