धरान । धरानमा पेट्रोल अभाव नभएको पाइएको छ । केहि दिन अघि धरानका पेट्रोल पम्पहरुमा अनलाईन डिलिङ गर्ने क्रममा एक दिन ढिलाई भएको थियो । अहिले धरानमा पेट्रोल आपूर्तिमा कुनै समस्या नरहेको पाइएको हो ।

धरानमा दैनिक औषत ३० हजार लिटर पेट्रोल खपत हुने गरेको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले धरानमा पेट्रोल अभाव नभएको बताउँदै आम नगरबासीमा पेट्रोल अभाव भएको अफवाह फैलिनु र ओभर स्टक गरिनुको कारण समस्या सिर्जना भएको बताउनुभयो । पेट्रोल पम्पमा मानिसहरुको भिडका कारण कोरोना संक्रमण बढ्ने खतरा समेत बढेको छ । उहाँले त्यसरी पेट्रोल पम्पमा भिडभाड नगर्न पनि आम नगरबासीलाई आग्रह गनुभएको छ । अनुगमन अधिकृत सापकोटाका अनुसार धरानमा अहिले दैनिक ५० हजार लिटर पेट्रोल आयात भईरहेको छ । आज मात्रै धरानमा ७२ हजार लिटर पेट्रोल आयात भएको जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x