धरान । चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा लगाउन सुरु गरिएको छ ।

संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियानअन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आजदेखि ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु गरिएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाईने मेहेताले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन सुरु गरिएको छ । आज पहिलो दिन मात्रै धरानमा लगभग १ हजार भन्दा बढीले खोप लगाउने अनुमान गरिएको छ । गत फागुनमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई भारतले अनुदान दिएको खोप कोभिसिल्ड लगाइएको थियो । उनीहरुका लागि दोस्रो डोजको खोप आगामी असार पहिलो सातादेखि लगाउने स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरान उपमहामहानगरपालिकाका मेयर तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी र प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल पनि भेरो सेल खोप लगाएको स्थानमा स्थलगत निरिक्षण गर्न पुग्नु भएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap