धरान । धरानमा तेस्रो सियोन फुटसल प्रतियोगिता शुरु भएको छ । सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको प्रतियोगिता आज (बिहिबार)देखि धरान १० स्थित धरान फुटसलमा शुरु भएको हो ।

प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन धरानका मेयर तिलक राईले गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै मेयर राईले धरान खेलकुदको शहरकोरुपमा रहेको बताए । फुटसलले गर्दा धरानको खेलकुदमा थप उर्जा मिलेको उहाँले बताउनुभयो । ‘फुटसलको गतिविधिले गर्दा धरानलाई फेरि पनि यो धरान खेलकुदको नगरी हो, खेलकुदको राजधानी हो र धरानमा बहुसंख्यक खेलाडीहरु छन् भन्ने प्रमाणित गरेको छ,’ उहाँले भन्नुभयो । फुटसल प्रतियोगिताले धरानलाई खेलकुदको शहरको रुपमा स्थापित गर्न सहयोग पुग्ने मेयर राईले बताउनुभयो ।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ भने दोस्रो हुनेले नगद १२ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ । म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap