धरान । धरान प्रहरीले दोश्रो दिन निषेधाज्ञाको उलङघन गरी चलाएका जोर नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले कोरोना संक्रमणदर बढेको भन्दै बिहीबार राति १२ बजे देखि निषेधाज्ञा जारी गरेपछि आज दोस्रो दिन बिजोर गते परेकोले बिजोर मात्रै सवारी साधन चलाउन पाइने अनुसार आज बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने छ ।

सोही अनुसार आज बिजोर नम्बरका मात्रै सवारी चलाउन पाइने भएकोले भानुचौकमा मोटरसाइकल नियन्त्रणमा लिइएको धरानका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए। निजी सवारी साधनहरू पनि अनावश्यकरुपमा चलाइएको पाइएकोले जोर बिजोर प्रणाली लागु गरे पनि यसको कार्यान्वयन अझै हुन नसकेकोले आज देखि यसमा कडाइ गर्ने बताइएको छ ।

घर बाहिर निस्किएका १० वर्ष देखि मुनिका बालबालिका र ६० वर्ष देखि माथिका वृद्ध बृद्धाहरुलाई हिजो पहिलो दिन सम्झाएर घर पटाइएकोमा अव देखि त्यसो नगर्न अभिभावकहरूलाई प्रहरीले अनुरोध पनि गरेको छ । सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरे मात्रै कोरोना नियन्त्रण हुने र सङ्क्रमण नहुने प्रहरीले बताउँदै सबैलाई सचेत र सजग रहन आव्हान समेत गरिएको छ , बने निषेधाज्ञा थप कडाई पारिने प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x