धरान: सर्वोच्च अदालतको फैसला पछि धरानमा पनि नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय अलग अलग भएको छ ।

एकीकृत भएपछि नेकपाको कार्यालय धरान १ छाताचोकस्थित साविक एमालेको पार्टी कार्यालयलाई नै प्रयोग गरिएको थियो । तर, आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गर्दै साविक एमाले र माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग भएको हो ।

माओवादी केन्द्र अलगिए पछि उक्त कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । एमालेको बोर्डको उद्घाटन ओली पक्षीय केन्द्रीय सदस्यद्धय मुरारी सुवेदी र मोतिराज सुनुवारले गरेका थिए । बोर्ड उद्घाटनमा एमालेका नेता, कार्यकर्ताहरु बोर्ड फेर्न उत्साहपुर्वक सहभागिता रहेको थियो । माओवादी केन्द्रले भने साविककै धरान १४ स्थित पेरिस खोल्सी डाँडामा बोर्ड राखेर कार्यालय सञ्चालन गर्न थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x