पुष १९। धारानमा यहीँ पुष २० गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ।पुष २० गते धरान स्थापना दिवस मनाइने हुँदा धरान उपमहानगरपालिकाले पत्र जारी गर्दै सो दिन बिदाको घोषणा गरेको हो।
२०७८ साल पुष १४ गते बसेको कार्यपालिकाको बैठकबाट ‘धरान डे’को अवसरमा धरान क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

गत वर्षहरु झै यस वर्ष पनि धरान डे कार्यक्रमहरू गरी मनाइने भएको छ। पुष २०,२१ र २२ गते विभिन्न कार्यक्रम गरी धरान दिवस मनाइने भएको धरान उपमहानगरपालिकाले जनाइएको छ।उक्त कार्यक्रमहरूको प्रमुख अथिति सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा रहने निश्चित भएकाे धरानका मेयर तिलक राईले बताउनु भयाे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x