धरान। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै धरानका पाँच विद्यार्थी सङ्गठनले बरगाछीको पेट्रोल पम अगाडी आन्दोलन गरेका हुन्।
नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र जनता समाजवादी पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेका हुन्।


महेन्द्र बहुमुखी क्यापस धरानबाट निस्केको विरोध वाईक र्याली बरगाछीको पेट्रोल पममा गएर कोण सभामा परिणत भएको थियो ।
मूल्य वृद्धिको विरोध गर्दै आएका संयुक्र विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिदै आएका छन्।


नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले विद्यार्थीको आन्दोलन जिल्लाका केही पम्प बन्द भएको जनाएका आज बिहान उपत्यकाका केही स्थानमा सञ्चालित पेट्रोल पम्पमा पाँच विद्यार्थी सङ्गठनले केही पम्पको सटर लगाएर बन्द पनि गराएका थिए ।
केही दिन अगाडी १ सय १८ रुपैयाँ पर्ने पेट्रोलको मूल्य हप्ता पिछे बढ्दै १ सय २७ रुपैयाँ ८० पैसा भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap