पुष २१।  (✒सारादा श्रेष्ठ ) धरानमा पुष २० गते प्रत्येक वर्ष धरान स्थापना दिवस मनाइने गरिन्छ।यस दिन धरानामा सार्वजनिक बिदा पनि दिइने गरिन्छ। यस वर्ष पनि धरान स्थापना भएको १२१ वर्ष पुगेको अवसरमा ३ दिन;पुष २०,२१ र २२ गते विभिन्न कार्यक्रम गरी धरान दिवस मनाइँदैछ। हिजो पुष २० गते मंगलबार,धरान दिवस मनाउन प्रधानमन्त्री शेर बहादुर देउवा हेलिकप्टर मार्फत १० बजे धरान आए र हिजो नै फर्किए ।

सम्माननीय प्रधानमन्त्री धरान आउँने हुँदा धराने जनता सबै खुसी नै थिए। प्रधानमन्त्री देउवा धरान आए र उद्दघाटन गर्नु पर्ने ठाउँमा उद्दघाटन र अवलोकन गर्नु पर्ने ठाउँमा अवलोकन पनि गरे। तर प्रधानमन्त्रीको आगमन मा धरानमा धेरै क्षेत्रमा टिकाटिप्पणी भए।

प्रधानमन्त्रीलाई धरानमा स्वागत गर्न विभिन्न कार्यक्रमहरु त छदै नै थिए,तर मुख्य सडक भानुचौक भारी कांग्रेसको झण्डा देखिंदा प्रधानमन्त्री धरान दिवस मनाउन आएका हुन कि कांग्रेसको पार्टीगत कार्यक्रमका लागि आएका हुन भन्ने अन्योलता धेरैलाई भएकाे सामाजिक सञ्जालमा देखियो। यसमा धेरैको टीका टिप्पणी सामाजिक सञ्जालमा सर्वत्र भयो।

धरानमा कांग्रेसकै नेतृत्व भइरहँदा र धरानकै कार्यक्रममा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री आउँदा पार्टीको झण्डा राख्न स्वभाविक हो भन्ने कत्तिको धारणा व्यक्त भयो भने कतिले त्यसको आलोचना गरेका छन्।धरानको पहिचान बृद्धि गर्नुपर्ने यस्ता खालका कार्यक्रममा पार्टीले हस्ताक्षेप गरेको र यो सरासर गर्न नहुने कार्य गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टिता व्यक्त भइरहेकाे छ। धरानलाई सबैको सामु नमुना नगर बनाउन पहल गर्नु पर्ने सो अवसवरमा राजनीति हावी भएको भन्दै सामाजिक संजालमा हिजोदेखि ‘राजनीतिले धरानका जनतालाई कुन दिशामा र कस्तो सोचमा लैजादैछ भन्ने प्रश्न खडा भएको देखिन्छ।’

त्यसैगरी हिजो चर्चामा रहेको विषय हो ‘ट्राफिक जाम’। प्रधानमन्त्रीको सुरक्षा र स्वागत सम्मानका लागि भएको भिडले धरानको मुख्य सडकहरु ब्यापक जाम हुदा सर्वसाधरण मारमा परेका थिए।र्यल्ली र सुरक्षा व्यवस्थापनले सदाका भारी पछि यात्रु हरु जाम मा परेका थिए।
यहि कुराको असन्तुस्टता पनि सामाजिक संजालभरि पोखिएको थियो। vip आउदा सधै सर्वासाधरनाले ट्राफिक जाम खेप्नु पर्ने बाध्यताले सबैजना दिकदार नै भएको देखियो।

यस्तै,कार्यक्रमस्थल (धरान १२,पब्लिक हाई स्कूल )मा प्रधानमन्त्रि बोलि रहदा चौरीमा भने विभिन्न सामाजिक अभियन्ताहरुले ब्यक्तिगत रुपमा प्रधानमन्त्री र mcc को विरोध गर्दै गरेको पनि पाइयो। अभियान्ता बासु चालिसे,हर्क साम्पाङ्ग लगायतका ब्यतिहरुले हातमा पम्प्लेट र झन्डा बोकी mcc को बिरुद्दा आवाज उठाउदै गर्दा सुरक्षाकर्मीहरुद्वारा सबै खोसिए।

३ दिनसम्म मनाइएने धरान दिवसको आज दोस्रो दिन हो। पहिलो दिन प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रम औपचारिक उत्घाताना र समापन गरियो। अबको बाकि समय भने विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम गरिने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x