धरान । धरान वडा नं. २० विष्णुपादुकाकी विजेता राई हरेक शनिबार बिहान ४ बजे उठछिन् । धरानको ग्रामिण क्षेत्रकी विजेता बिहानै उठ्छिन् अनि मुख र दात ब्रस गर्छिन् । त्यसपछि उनी घरको मकै भटमास र चिया खान्छिन् । चिया र मकै भटमास खाईसकेपश्चात उनी गाउँका ४, ५ जना साथिहरुसँग धरान १६ स्थित रंगशालामा ६ बजे आईपुग्छिन् । फुटबल सिक्नलाई । वर्ष ११ की विजेता फुटबल भनेपछि हुरुक्कै हुन्छिन् । उनी भन्छिन्, ‘मलाई सबैभन्दा मनपर्ने खेल नै फुटबल हो ।’ उनले आफूलाई सबैभन्दा मनपर्ने फुटबल खेलाडी मेस्सी रहेको सुनाईन् । उनले नेपाली फुटबल खेलाडीहरुको नाम भने थाहाँ नभएको सुनाउँछिन् । विजेता आफ्नो साथीहरुसँग हरेक शनिबार करिब डेढ घण्टाको बाटो हिडेर ग्रासरुट फुटबल ट्रेनिङ सिक्न आफ्नो साथीहरुसँग आउँछिन् । फुटबल खेलेर साथीहरुसँगै ९ बजेतिर फर्कने गरेको उनी बताउँछिन् । विजेताको भविष्यमा गएर देशको एक कुशल फुटबल खेलाडी बन्ने सपना छ । यस्तै धरान १७ पटनालीका ११ वर्षिया प्रतिमा घिमिरेको पनि फुटबल खेलाडी बन्ने ठूलो सपना छ । प्रतिमा पनि हरेक शनिबार बिहान ६ बजे फुटबल खेल्न रंगशाला आईपुग्छिन् । यस्तै धरान १६ की लिशा राना मगर पनि फुटबल भनेपछि भुतुक्कै हुन्छिन् । ११ वर्षकी लिशा हरेक शनिबार बिहान ६ बजे रंगशाला पुग्छिन् । लिशाले घरमा पनि एक्लै फुटबल खेल्ने गरेको सुनाईन् । यस्तै धरान ३ स्थित पुरानो बजारका आषिश ताम्राकारको पनि फुटबल मोह उस्तै छ । आषिश राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगर जस्तै बन्न चाहान्छन् । उनी अहिले १० वर्ष पुगे । आषिश पनि विहान आफ्नै टोलका दौतरीहरुसँग ६ बजे रंगशाला पुग्ने गरेको सुनाउँछन् । आषिशको मनपर्ने खेलाडी विमल घर्ती मगर हो । त्यसैले आषिशको भविष्यमा विमल जस्तै खेलाडी बन्ने लक्ष्य छ । उनले भने, ‘ग्रासरुट फुटबल टे«निङमा आएपछि फुटबल सम्बन्धि धेरै नै ज्ञान पाए, खेल्न पनि सिके ।’

धरान उपमहानगरपालिकाको आयोजनामा गत फागुन दोस्रो साताबाट हरेक शनिबार १२ वर्ष मुनिका बालबालिकालाई धरान १६ स्थित रंगशालामा ग्रासरुट फुटबल ट्रेनिङ सञ्चालन भईरहेका छन् । उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईले ग्रासरुट फुुटबल ट्रेनिङ ८ औं हप्ता पुरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले धरान उपमहानगर भरिका करिब ३ सय जना बालबालिकाले प्रशिक्षण लिईरहेका छन् । अभिभावकहरुबाट पनि राम्रो प्रतिक्रिया आईरहेको उहाँले जानकारी दिनुभयो । ग्रासरुट फुटबल ट्रेनिङले बालबालिकामा खेल प्रतिको उर्जा थपिएको उहाँले बताउनुभयो । प्रशिक्षार्थीहरुलाई ८ औं हप्तासम्म आईपुग्दा ट्रेनिङ उत्कृष्ट दिईरहेको प्रशिक्षक राई दाबी गर्नुहुन्छ । अहिले पुनः कोरोनाको संक्रमण बढिरहेको बताउँदै प्रशिक्षक राईले अब ग्रासरुट फुटबल ट्रेनिङलाई स्थगित गर्ने बारे कुनै छलफल नभएको बताउनुभयो । स्वास्थ्य सचेतना अपनाउँदै बालबालिकाहरुलाई प्रशिक्षण दिदै आएको बताउनुभयो । ग्रासरुट फुटबल टे«निङ असार महिनासम्म चल्नेछ ।

धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरान खेलकुदको शहर रहेको बताउँदै खेलकुदको विकास तथा प्रवद्र्धन गर्नका लागि बालबालिकाको लागि ग्रासरुट फुटबल ट्रेनिङ उपमहानगरपालिकाले आयोजना गरेको बताउनुभयो । धरान राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो रहेको बताउँदै ग्रासरुट टे«निङबाट नै फुटबल खेलाडी उत्पादन गर्न सकिने नगर प्रमुख राईको भनाई छ । नगर प्रमुख राईले अहिले कोरोना भाईरसको दोस्रो लहर सुरु भएका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै सजग रहन पनि आग्रह गर्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x