धरान । शहरी फोहोरलाई धरानमा आउँदो फागुन १५ गतेबाट प्रारम्भिक प्रशोधन गरिने निर्णय भएको छ ।

धरान उपमहानगरका प्रमुख तिलक राई, प्रशासन शाखा प्रमुख विदुर खनाल, वातावरण शाखा प्रमुख भेषराज घिमिरे र वातावरण निरिक्षक राजु चौहान, भेन्चर वेस्टु इनर्जी प्रा.लि.का निर्देशक विपुल राज पाण्डे र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र प्रदेश एकका ईञ्जिनियर सुजन पौडेलसहित आज बसेको संयूक्त छलफलले शहरी फोहोरलाई आउँदो फागुन १५ गतेबाट प्रारम्भिक प्रशोधन गर्ने निर्णय गरेको हो ।

कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउने मेशिन (सेक्रिगेटर) एक हप्ताभित्रमा इन्डियाबाट आईपुग्ने बताइएको छ । त्यो सेक्रिगेटर मेशिन आईपुगेपछि फोहोरलाई प्रारम्भिक प्रशोधन गरिनेछ । धरानको अव्यवस्थित फोहोर प्रयोग गरी उर्जा उत्पादन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको फोहोरलाई प्रशोधन गरिने भएको छ ।
२०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु ईनर्जि प्रा.लि.बिच त्रिपक्षिय सम्झौता भएको धरान ६ स्थित पानवारीमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।
। फोहोरलाई मोहरको रुपमा परिणत गर्न तथा सफा, स्वच्छ र सुन्दर शहर बनाउन सम्झौता अनुसार काम भईरहेको जनाएको छ । अहिले फिडिङको काम भइरहेको छ भने भौतिक संरचनाको कार्य पूर्ण रुपमा सम्पन्न भएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु ईनर्जि कम्पनीका अनुसार प्रशोधन केन्द्रमा शहरी फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन गर्ने र अर्गानिक मल उत्पादन गरिनेछ । नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २० प्रतिशत र विश्व बैंकको २० प्रतिशत अनुदान रहेको छ भने भेन्चर वेस्टु इनर्जी प्रा.लि.को ६० प्रतिशत लगानी रहेकोछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap