धरान , २६ कार्तिक। धरान ८ स्थित जय श्री अटल पम्पअघि बसले मोटरसाइकललाई ठक्कर दिदा ३ जना घाइते भएका छन्

कोशी राजमार्गमा धरान बजारतर्फ आइरहेको मे १ ख ३१९६ नम्बरको मौषम यातायातको बसले सोही दिसामा अगाडि गइरहेको को १९ प ८३७१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक मोरङ केराबारी ४ का ४३ बर्षीय खगेन्द्र लिम्बू र उनका २ छोरीहरु ९ बर्षीया भरोषा र ७ बर्षीया खिसुङ घाइते भएका थिए । घाइते मध्ये भरोरा र खिसुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

घाइते मध्ये खगेन्द्र र खिसुङको अवस्था सामान्य छ भने भरोषा केही गम्भीर रहेकी छिन् । उनको टाउको र खुट्टामा चोट लागेको र केही गाह्रो भइरहेको बुबा खगेन्द्रले बताए । उनले भने,‘भरोसालाई केही गाह्रो भइरहेको छ, म र खिसुङ पनि घाइते हो, तर हामी ठिकै छौ ।’ उनले आफु पेट्रोल लगाउन मोडिदा बसले ठक्कर दिएको पनि बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x