धरान । धरान उपमहानगरपालिकाको आयोजनामा आउँदो फागुन १५ गतेदेखि फुटबल ग्रासरुट ट्रेनिङ हुने भएको छ ।

धरान १६ स्थित रहेको रंगशालमा प्रत्येक शनिबार १२ वर्ष मुनिका बालबालिकाहरुलाई ग्रासरुट टे«निङ दिईने भएको हो । आज धरान उपमहानगरमा एक कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, खेलकुद संयोजक सुवास राई र कर्मचारीसहितको टोलीले खेलकुद सामाग्री फुटबल प्रशिक्षक अर्जुन राईलाई हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले फुटबल ३० थान, मार्कर ८० थान, कोण (सानोठूलो) ४० थान, हडल्स २० थान, ब्लाडर २ थान, बिफ ३० थान र पोल स्ट्याण्ड ८ थान खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

फुटबल प्रशिक्षक अर्जुन राईले सिक्न चाहाने बालबालिकाहरुले निःशुल्क ग्रास रुट ट्रेनिङमा सहभागी हुन पाउने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x