धरान । धरानमा मासु बजार डटकम सञ्चालनमा आएको छ । स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले धरान १७ स्थित रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्याएको हो ।

मासु बजार डटकमको शुभारम्भ आज धरानका मेयर तिलक राईले गर्नुभएको थियो । सञ्चालक अरुण राईले मासु बजार डटकम ४ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सञ्चालक राईका अनुसार अहिले खसि, कुखुरा र अण्डा पाईन्छ भने फ्रि होम डेलिभरीको पनि व्यवस्था छ । मासु बजार डटकमको फेसबुक पेजमा गएर वा फोन गरेर ग्राहकहरुले अर्डर गर्न सक्ने जनाएको छ । सफा र ताजा मासु सुलभ मुल्यमा विक्री गरिने उहाँले बताउनुभयो । मासु बजार डटकम सञ्चालनमा आए लगत्तै केही युवाहरुले रोजगार पनि पाएका छन् । आगामी दिनमा राँगा र लोकल कुखुराको मासु पनि थप्ने उहाँले जानकारी दिनुभयो ।

मेयर राईले धरान १७ दिनदिनै बजारिकरण हुँदै गएको बताउँदै यहाँका स्थानीयबासी, टोलबासीहरु, वडाबासीहरु बजार खोज्नका लागि अन्यत्र जान जरुरी नभएको बताउनुभयो । ‘यहाँ हरेक चिजको उपलब्धता छ, सब्जि, हार्डवेयर, किराना समान, फलफुल, मासु, खाद्यान्न, चियानास्ता सबै कुरा छ,’ उहाँले भन्नुभयो । मानिसहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ताजा, सफा र सुरक्षित मासु बिक्रि वितरण गर्न मेयर राईले आग्रह गर्नुभयो । बजारको अवस्था, जनताको अवस्थालाई बुझेर व्यापार गर्न खोजिरहेको बताउँदै मेयर राईले सञ्चालक लगायत टिमलाई शुभकामना दिनुभयो । साथै उहाँले व्यापार व्यवसाय गर्दा कानुनी प्रक्रिया पुर्याएर गर्न पनि आग्रह गर्नुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap