धरान । धरानमा लकडाउन प्रभाकारी भएन, धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले लागु गरेको लकडाउन प्रभावकारी भएको छैन। धरानको मुख्य बजारको सडक किनारामा दैनिक सयौँ मोटरसाइकल र गाडी समेत पार्किङ गरिएको पाइन्छ। यो सँगै सडक किनारामा हिँडडुल गर्ने सर्वसाधारणको पनि बाक्लै सङ्ख्या देखिन्छ। यसले गर्दा धरानमा लकडाउन प्रभावकारी नभएको देखिन्छ।

प्रहरी भन्छ : ‘अब कडाइ हुन्छ’ धरानमा सर्वसाधारणको अटेरीपन बढ्दै गएको र लकडाउनमा पनि घर बाहिर निस्किएर सर्वसाधारण हिँडिदिने र सवारी साधन चलाई दिने क्रम बढेकोले आज देखि सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर ३ दिन पछि मात्रै सम्बन्धित सवारी धनीलाई दिने गरी आज देखि कारबाही अघि बढाउने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। लकडाउनको समयमा हिडनेलाई पनि होल्डीङ एरियामा नियन्त्रणमा लिएर राख्ने डिएसपी बस्नेतले बताए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap