धरान,मंसिर १६

धरानमा द भोइस अफ नेपाल सिजन-२ का फाइनलिष्ट गायक बिकास लिम्बू आउँने भएका छन्। यही मंसिर २१ गते मंगलबार साङ्गीतिक साँझ’ मा गायक लिम्बू आउने भएका हुन्।

बन्डल एजेन्सी धरानको आयोजनामा हुन लागेको “बन्डल सांगीतिक साँझ २०७८” मा विकास लिम्बुको विशेष प्रस्तुति रहने बन्डल एजेन्सीका प्रबन्धक निकेन राईले बताउनु भयो।उक्त कार्यक्रममा धरान-९ पुतली लाईनस्थित ‘फ्रेन्ड्स गार्डन’मा हुनेछ। बन्डल सांगीतिक साँझलाई सफल पार्नका लागि विभिन्न संघ संस्था र व्यक्तित्वहरुको सहयोग रहेको प्रबन्धक राईले जानकारी दिनु भयो।अमेरिकामा रहेका गायक तथा निर्माता निमा तामाङ, कालु रोशन राई, केन्द्र मोशन पिक्चर्स, संगीतकार एलकोन मगर र याक्थुङ्ग फाउनडेशन,लोकेन लिम्बू (HK), आसुम कलेक्सन, सियोन स्कूल,भीम तुम्बाहाङ्फे (HK), भिन्टेज फ्यामिली रिसोर्ट धरान-५, धरान नाटक घर निर्माण उपभोक्ता समिति,द ब्युटी हब मेकअप स्टुडियो,2.0 क्याफे धरान १७, शप अर्डर, टाइसन रियल स्टेट, पाइलट सैलेस, जगत राणा मगर,लोक दोहोरी साँझ, टास्क माउन्टेन बाइक,नविन पोम्बु लिम्बू,ड्रिम हाई स्टुडियो,लेन्स फाटो स्टुडियो र सेवा अनलाईन टिभीकाे विशेष सहयोग रहेको जनाइएकोछ।

बन्डल एजेन्सीले धरानमा यस्ता विभिन्न कार्यक्रम गर्दै आएकोछ।पछिल्लो समयमा निक्कै लोकप्रियता समेत बटुलेको पाइन्छ।यस्ता कार्यक्रमले नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र साथै कलाकारहरुलाई स्थापित गराउन टेवा पुर्याउने प्रबन्धक राईको भनाइछ।र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x