धरान । धरान १८ रत्नचौक स्थित सञ्चालनमा रहेकोे गोर्खा कम्पनी टे«निङ सेन्टरले प्रत्येक वर्ष दुई जना पत्रकारलाई सम्मान सहित नगद पुरस्कार दिने घोषणा गरेको छ ।

सेन्टरले आईतबार पत्रकार सम्मेन गर्दै धरानमा व्यवसायिक रुपमा पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाको लागि ‘वीर गोर्खा पत्रकारीता पुरस्कार’ र ‘वीर गोर्खा नव प्रतिभा पत्रकारिता पुरस्कार’ दिने घोषणा गरेको हो । हरेक वर्षको नेपाली नयाँ वर्षको अवसरमा दुई जना पत्रकारलाई सम्मान सहित नगद पुरस्कार दिने घोषणा गरेको छ ।

विश्वभरी आतंकवादको विरुद्धमा लडेर शान्ति स्थापना गर्ने वीर गोर्खाहरु आफ्नै देशमा, आफ्नै नेपाली दाजुभाईहरुको ठगी र दलालीबाट अन्यायमा पर्दैै आएको सेण्टरका प्रवन्ध निर्देशक प्रेम मुकारुङ राईले बताउनुभयो । विभिन्न ट्रेनिङ स्कुल सञ्चालन गर्दै आएका सञ्चालकहरु र अन्य व्यक्तिहरुले सोझोसाझा नेपाली दाजुभाईहरुलाई भर्तीमा र्सोसफोर्स लागाउने भन्दै ठगी गरीरहेको उहाँले बताउनुभयो । उक्त गतिविधिको भण्डाफोर र नियन्त्रण गर्ने उद्देश्यले गोर्खा कम्पनी ट्रेनिङ सेण्टरले नेपाल प्रेस युनियन धरानको सहकार्यमा २० हजार रुपैयाँ राशिको वीर गोर्खा पत्रकारीता पुरस्कार र हजार रुपैयाँ राशिको वीर गोर्खा नव प्रतिभा पत्रकारिता पुरस्कार दिने उहाँले बताउनुभयो ।

विज्ञप्तीमा भनिएको छ, ‘सन् १८१४ देखि सुरुवात भएको वीर गोर्खाको ईतिहास, बहादुरी, निडरता, साहस र इमान्दारीताले भरिएको छ । पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, अफ्गानिस्तान, ईराक, फकल्याण्ड लगायत विभिन्न युद्धहरुमा भाग लिएका गोर्खाहरुको गाथाहरु त्याग र विरताले लेखिएका छन् । विश्वभर नेपाललाई तीन वटा कारणले चिनेका छन् । एक–विश्वकै हिमशिखर सगरमाथाको देश, दुई–शान्तिको दुध भगवान गौतम वुद्धको देश र तीन–वीर गोर्खाको देश ।’

अहिले धरानमा धेरै ट्रेनिङ सेण्टरहरु रहेको बताउनुहुँदै अग्रज पत्रकार हर्ष सुब्बाले भर्तीको नाममा मात्र नभई भ्रष्टचारजन्य गतिविधि हरेक क्षेत्रमा तलदेखि माथिसम्म रहेको बताउनुभयो । भर्तीको नाममा दलालहरुको बिगबिगी बढिरहेको उहाँले बताउनुभयो । उहाँले यस्तो किसिमको गतिविधिहरुको भण्डाफोर गर्नका लागि पहिलो पटक धरानमा गोर्खा कम्पनी ट्रेनिङ सेण्टरले उदाहरणीय काम गरेको बताउनुभयो ।

‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले अन्यायको विरुद्धमा कलम उठाउने, निडरताका साथ ती दलालहरुको विरुद्धमा कलम उठाउने र ब्रिटिस आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाको विषयमा कलम चलाउने, गोर्खाको ईतिहास, वर्तमान, देश निर्माणमा गोर्खाहरुले पुर्याएको योगदान एवं गोर्खाहरुको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने ती वीर पत्रकारहरुको सम्मानस्वरुप ‘वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नव प्रतिभा पत्रकारिता पुरस्कार’ को घोषणा गरेको हो ।’ विज्ञप्तीमा भनिएको छ ।

छनौट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी भएता पनि प्रत्येक वर्ष सयौैं दाजुभाईहरुलाई दलालहरुले विभिन्न प्रलोभन देखाएर ठग्ने गरेका छन् । स्थापनाकालदेखि नै गोर्खा कम्पनी टे«निङ सेन्टर ती दलालहरुको हातबाट जोगाउने मिशनमा अघि बढेको जनाएको छ ।

पुरस्कारका लागि छनौट प्रकृया निष्पक्ष र पारदर्शी बनाउन अग्रज विज्ञ, पत्रकार, सञ्चारकर्मीहरुको राय परामर्शमा छनौट गरी प्रदान गरिने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap