धरान । धरान उपमहानगरपालिकामा आज (बुधबार)देखि अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द हुने भएको छ ।

मङ्गलबार नगर प्रमुख तिलक राईको अध्यक्षतामा आकस्मिक बसेको कार्यपालिकाको बैठकले अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । धरानमा कोरोना संक्रमण समुदाय स्तरमा देखिन थालेपछि उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

बैठकले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा अन्तर्गत कोरोना व्यवस्थापन सेवा, सरसफाइ सेवा, वारुणयन्त्र सेवा र खानेपानी वितरण सेवा) बाहेकका अन्य सेवाहरू आजदेखि वैशाख ३१ गतेसम्म सेवा प्रवाह नहुने निर्णय भएको छ ।

धरानमा कोभिड १९ को दोस्रो लहर आएयता वैशाख १ गते यता संक्रमितको संख्या ३५७ जना पुगेको छ भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x