धरान । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरपालिकाले ५ जना महिलालाई सम्मान गरेका छन् ।

धरान उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको सहआयोजनामा आज आयोजित कार्यक्रममा श्रम गरेर परिवारको गुजारा चलाउने ५ जना महिलालाई सम्मान गरेका हुन् ।

मकै पोलेर व्यापार गर्ने, डोकोमा तरकारी बिक्री गर्ने, निर्माण क्षेत्रमा मजदुरी गर्ने महिलाहरुलाई सम्मान गरिएको हो । सम्मान पाउनेमा मकै पोलेर व्यापार गर्ने धरान १३ की शिवकुमारी तामाङ, भौतिक निर्माण क्षेत्रमा काम गर्ने धरान १७ की सीता परियार, डोकोमा तरकारी बोकेर बिक्री गर्ने धरान ८ की विष्णुमाया कट्वाल छिन् । यस्तै, धरान ६ की तरकारी व्यापारी मैया गौतम र लेबर काम गर्ने धरान १५ की लक्ष्मी तामाङलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले सम्मान पत्रसहित नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो । यस्तै, कोरोना महामारीको समयमा स्वाब संकलनमा फ्रन्टलाइनमा खटिने स्वास्थ्य प्राविधिक लुना अधिकारी र चन्द्रकला राईलाई पनि नगद सहितसम्मान गरिएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap