धरान : धरानमा संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएसँगै खुशीयाली मनाइएका छन् भने सत्तारुढ दल एमालेको जनवर्गीय संगठनहरुले धरानमा विरोध जनाएका छन् ।

संसद पुनस्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा धरानको भानुचोकस्थित सडकमा ‘सर्वोच्च अदालतको फैसलाको स्वागत गरौं’ लेखेर दीप प्रज्ज्वलन गरिएका थिए ।

नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धरानमा पनि सर्वोच्चको उक्त फैसलाको विरोधमा सोमबार साँझ प्रर्दशन गरेका हुन्।

छाताचोकबाट शुरु भएको विरोध रयाली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा उनीहरुले जनादेश मान्न तयार रहेको तर परमादेश नमान्ने बताए ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भानुचोकमा स्वागत गरेको माओवादी केन्द्रका इञ्चार्ज अइन्द्रविक्रम बेघाले जानकारी दिए । कार्यक्रममा केन्द्रनिकट र समाजवादी निकट नेताहरुको उपस्थिति थियो ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap