धरान । धरानमा ‘सप अर्डर’ नामक अनलाइन सप सञ्चालनमा आएका छन् ।

धरान–१५ स्थित भानुमार्गमा कार्यालय राखेर सप अर्डरको मङ्गलबार श्री पञ्चमीको दिनदेखि शुभारम्भ गरिएको हो । ‘सप अर्डर’ नामक अनलाइन सप धरानका युवाहरुले सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालक सुमन लिम्बुको अनुसार अनलाइन र फोनको माध्यमबाट अर्डर गर्न सकिने गरी सप अर्डर सञ्चालनमा ल्याइएको हो । उहाँले धरान भरी सप अर्डरका माध्यमबाट बजारमा पाइने सम्पूर्ण सामानहरु अर्डर गर्न सकिने र डेलिभरी हुने बताउनुभयो । लकडाउनका बेलादेखि नै सुरु भएको सप अर्डर मङ्गलबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । अहिलेसम्म हरियो सागसब्जी, फलफुल र किराना आइटममा निःशुल्क सेवा दिइरहेको जनाएको छ । लिम्बुले विभिन्न रेष्टुरेष्टका फुड आइटम, इलेक्ट्रोनिक्स, फैन्सी वेयर, स्पोर्टस् सामग्री, किरानाका सामान र पुस्तकहरु समेत अनलाइन अर्डरमा होम डेलिभरि सर्भिस दिइने जानकारी दिनुभयो । फुड आइटममा एक सातासम्म १० प्रतिशत छुटको व्यवस्था हुनेछ भने एक सातासम्म सेवा लिने ग्राहकहरुलाई लक्की ड्र कुपन दिएर ३ जना विजेतालाई बिशेष उपहार दिइने छ । अर्डर बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म लिने जनाएको छ । अर्डर लिएको एक घण्टाभित्र सामान डेलिभरि हुनेछ । फोनबाट, फेसबुकबाट, इन्टाग्राम र वेडसाइटमा पनि लगइन गरेर अर्डर टिपाउन सकिने जनाएको छ ।

सप अर्डरको उद्घाटन गर्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अनलाइन सपिङलाई विश्वसनिय बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले अनलाइन सपिङले ग्राहकहरुलाई अलमल्याइरहेको भन्दै धराने युवाले सुरु गरेको सप अर्डर विश्वसनिय हुनुपर्ने बताउनुभयो । मेयर राईले प्रविधिको अहिलेको युगमा बालबालिकाले मोबाइल चलाउने भएकोले अर्डर आउँदा भेरिफाइ गरेर मात्र सामानहरु डेलिभरी गर्न समेत सुझाव दिनुभयो । उहाँले बच्चाले मोबाइलबाट सामान अर्डर गरिदियो भने अभिभावकले भोली पैसा तिर्छन् तिर्दैनन् त्यो तर्फ पनि ध्यान दिन सुझाउनु भयो । उहाँले धरानमा पनि अनलाइन सपिङ सुरु भएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap