धरान, मंसिर ०३ गते । प्रीन्सेस् वाइन प्रेजेन्ट्स बन्डल साङ्गितिक साँझ सफलतापुर्वक सम्पन्न भएकोछ।कार्यक्रम गत शुक्रबार धरान-९स्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको हो।उक्त कार्यक्रामको प्रमुख कलाकार ‘द भ्वाइस अफ नेपाल’ सिजन २ टप ८ ट्यालेन्टुकि मेचु धिमाल रहेकि थिइन।

सो कार्यक्रममा द भ्वाइस अफ नेपालका कोच तथा गायक दिप श्रेष्ठको पनि उपस्थिति रहेको थियो।त्यस्तै गायक एपि शेर्पा र अन्य राष्ट्रिय कलाकारहरुको उपस्थितिमा कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।मेचु धिमालका साथै बिभिन्न कलाकार: निमा तामाङ,अनिस सुब्ब,अम्बिका दवाडि,क्यारिन माझि,बिमला खजुम,जिवन लिम्बु,दिपना राई र देवि बर्देवाहरुको समेत बेजोड प्रस्तुति रहेको थियो।

कार्यक्रमलाई प्रीन्सेस् वाइनले प्रायोजन र टुबोर्ग बियरले सह प्रायोजन गरेको थियो भने विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुको पनि सहयोग रहेको थियो।कार्यक्रमलाई लोकेन लिम्बु HK ,भिम तुम्बाहम्फे HK ,केन्द्र मोसन पिक्चर्स,भिन्टेज रिसोर्ट,लेजेन्ड मेन्स वेर,धरान फिट्नेस क्लव,आर स्क्वायेर कलेक्सन बुटिक,याक्थुङ सिङ्गक फाउन्डेसन,द ब्युटि हब मेकप स्टुडियो,साहारा इन्टरटेन्मेन्ट,धरान नाटक घर निर्माण समिति,टस्क माउन्टेन बाइक,मिसम मेकप स्टुडियो र मनकामना फ्लेक्स ले साथ दिएको बन्डल एजेन्सिका प्रबन्दक निकेन राईले एभरेष्ट डेलिलाई बताए।

उक्त कार्यक्रममा दर्शकहरुको उत्साहाजनज सहभागिता रहेको थियो।दर्शकको जमात र रमाइलोले कार्यक्रम सफल भएको प्रबन्दक राई बताउछन्।र आगामि दिनमा पनि यस्ता कार्यक्रम गरि रहने कुरा उल्लेख गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x