धरान। होप धरान जुनियर टिम लकडाउन पछि विभिन्न सामाजिक कार्यहरुमा अग्रसर रहदै आएको छ ।

धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ को अस्पतालको १७ काटु
न मिनिरल वाटर ( पानी ) वितरण गरेको हो ।

भर्खरै स्थापना भएको सामाजिक संस्था होप धरान जुनियर टिम समाजिक कार्यमा सकृय बन्दै आएको छ । अस्पतालका बिरामी कुरुवालाई ५५ काटुन पानी, अस्पतालमा खट्ने स्वास्थ्यकर्मीहरुलाइृ १० काटुन, प्रहरीलाई १० काटुन गरी ७५ काटुन पानी वितरण गरेको हो ।

धरान १८ की महिला वडा सदस्य श्री जमुना मोक्तानको यपस्थित रहेको थियो ।
यस संस्थाले भानुचोकमा रहेका कुकुरहरुलाई र धरान ४ स्थित रहेको पवित्र बालआश्रममा पनि खाना खुवाएको छ ।

यस संस्थाकै सिनियर टिम होप धरानका अध्यक्ष निश्चल पलिखेको सकृयतामा पहिलो लकडाउन देखि नै इटहरी, धरान लगायतका स्थानमा राहत, अक्सिजन,स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएकम छन्। उनी भन्छन् हामी हुनेले नहुनेलाई सहयोग गरौ त्यो नहुनेहरुको समस्या कुनै ठुलो समस्या होइन् तर, सहयोग गर्ने इच्छाशक्ति हुनु पर्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x