धरान । धरानमै पहिलो पटक आउटडोर जिम सञ्चालनमा आउने भएको छ । धरानको वडा नं. १८ शिवमार्ग स्थित आउटडोर (खुल्ला जिम) सञ्चालनमा ल्याईने भएको हो ।

हिजो (शनिबार) धरान उपमहानगरका नगर प्रमुख तिलक राई र सोही वडाका वडाध्यक्ष प्रविण राई (नरेन्द्र)ले आउटडोर जिमको कार्य शुभारम्भ गर्नुभएको छ ।

शिवमार्गस्थित खुल्ला जग्गामा पार्कसहितको आउटडोर जिमको निर्माण कार्य शनिबारबाट सुरु गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार टुइस्टर, राइड(साइक्लिङ), पुल चेयर, पुल अप, रबत्र ब्याण्डलगायतका ११ किसिमका आउटडोर जिमका सामाग्रीहरु राखिने भएका छन् । साथै उहाँले उक्त स्थानमा टायल बिछ्याउने, बक्ति जडान गर्ने, फलामले जडित बस्ने ठाउँ, केटाकेटीका लागि पिङ, हेभिङ सेटअप र गार्डेन बनाउन बाँकि रहेको बताउनुभयो । चालु आर्थिक वर्ष ०७७÷७८ मा १८ नं. वडाका लागि २२ लाख रुपैयाँ बजेट परेको थियो । उक्त बजेटबाट पार्कसहितको आउटडोर जिम सञ्चालनमा ल्याउन लागिएको हो । धरान १८ को मात्र नभई अन्य वडाका मानिसहरुले समेत आएर आउटडोर जिम गर्न सक्ने वडाध्यक्ष राईले जानकारी दिनुभयो । विशेष गरेर धरानबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै आउटडोर जिमको अवधारणा वडाले ल्याएको उहाँको भनाई छ ।

नगर प्रमुख राईले धरानमै पहिलो पटक वडा नं. १८ ले पार्कसहितको आउटडोर जिमको अवधारणा ल्याएको बताउँदै प्रशंशा गर्नु भएको छ । नगर प्रमुख राईका अनुसार विशेष गरेर फिजियोथेरापी गर्नेुपर्ने व्यक्तिहरु तथा मर्निङवाक गर्न चाहने तर धेरै लामो बाटो हिँड्न नसक्ने ज्येष्ठ नागरिकका लागि आउटडोर जिम उपयुक्त हुनेछ । साथै उहाँले जुनसुकै उमेर समूहकोले पनि यहाँ आएर ‘एक्सरसाइज’ गर्न सक्ने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap