धरान उपमहानगर पालिका अन्तर्गतको धरान १३ न वडा कार्यालय परिसरमा वृद्ध तथा बालबालिका भवनको नव निर्मित भवन उद्घाटन भएको छ ।


धरान उपमहानगर पालिकाका नगर प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा भएको उक्त भवन १४ लाख लागतमा तयार भएको वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए बालमैत्री घोषणाको नगद ५ लाख र सामाजिक बिकासको ४लाख ८० हजार र ४ लाख २० हजार स्थानीय बासिन्दा समाजसेवीको सहयोग लागतमा निर्मित भवन हो ।

आधारभुत स्वास्थ्य चैकी भवन , सभाहल पश्चात् ज्येष्ठ नागरिक र बालबालिकाको लागि समेत भवन निर्माण गरिएको र वडामा आवश्यकता अनुसारको काम गर्दै जाने वडा अध्यक्षले जानकारी गराए भने भवनमा सहयोग गर्ने ब्यक्तिहरुलाई प्रसंशापत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियोे ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर राईले वडाका नागरिकले वडाको स्थानीय सरकार भएको महशुस गर्ने बताउदै आगामी दिनमा समेत आफ्नो तर्फबाट गर्ने सबै खालको सहयोग रहने बताउदै हाल सुकुम्बासीको फारम भर्नेकार्य पनि कोरोनालाई मध्यनजर गर्दै घर घरमा गएर लागत संकलन गर्न अनुरोध गरे।


वार्डको र नगरको बिकासका लागि यहाँका जनताको भावना अनुसार जनप्रतिनिधिले काम गरेको छौ भन्दै आगामी दिनमा पनि यसरी नै जनचाहना अनुसार काम गर्ने बताए ।
वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेको सभापतित्वमा भएक कार्यक्रम नगरप्रमुख तिलक राई, पुर्व वडाअध्यक्ष हरिहरप्यारा श्रेष्ठ र हर्कबहादुर कटुवाल , वडा बाल संजालका अध्यक्ष बिनोद काफ्लेले रहेका थिए

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x