धरान । नेपाली काँग्रेस धरानका पूर्व सभापति तथा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले कोरोना संक्रमितहरुको उपचारमा सहजता होस भन्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् ।

राजनीति, खेलकुद तथा समाज सेवामा सर्मपित राईले कोरोना कहरको बेला संक्रमितलाई समयमै अस्पताल पुर्याउन र अस्पताल जान ढिला भएको कारण बिरामीको ज्यान नजाओस भन्ने उद्देश्यले एम्बुलेन्सको व्यवस्था गरेका हुन ।

सामाजिक अभियन्ता राईले यो महामारीमा जीवन जोखिममा पारेर बिरामी ओसार पसार गर्ने एम्बुलेन्स चालकहरुको सुरक्षाका लागि पिपिई उपलब्ध गराउनुका साथै धरान क्षेत्रमा कार्यरत ४६ जना एम्बुलेन्सहरुको जीवन बिमा समेत गरिदिने भएका छन् ।

राईले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि फ्रण्टलाईनमा रहेर आफ्नो ज्यान समेत दाउमा लगाएर खटिने एम्बुलेन्स चालकहरुलाई राज्यले बिमा नगरिदिएका कारण उनीहरुको जीवन जोखिममा परेको र परिवारको समेत कुनै आधार नभएकाले आफुले बिमा गरिदिन लागेको जानकारी दिए ।

कोरोना महामारीले तबाही मच्चाईरहेको अवस्थामा एउटा जिम्मेवार नागरिकको कर्तव्य पुरा गरेको राईको भनाई छ । त्यस्तै कोरोना महामारीमा स्वास्थ्य सुरक्षा प्रोटोकल पालना गर्न सुकुम्बासी क्षेत्रमा ५ हजार पिस माक्स तथा आवश्यक स्यानिर्टाइजर वितरण गर्ने तयारी भईरहेको समेत राईले जानकारी दिए ।

धरान फुटबल क्लबका अध्यक्ष समेत रहेका राई धरानमा खेलकुद लगायत विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुँदै आईरहेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap