धरान । धरान उपमहानगरपालिकाको आठौँ नगर सभा फागुन २१ गते सम्मका लागि स्थगित भएको छ ।

आज सोमबार निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिला गरि धरान उपमहानगरपालिकाको आठौं नगरसभा शुरु भएको थियो । नगर सभा सुरु हुन पूर्व धरानमा खानेपानी समस्यालाई लिएर केही वडाका जनप्रतिनिधिहरूको नेतृत्वमा नारा जुलुस भएपछि नगर सभाको उद्घाटन समारोह ढिलो भएको हो । दिउँसो १ बजेको लागि नगर सभा आह्वान गरिए पनि खानेपानीको विवादले गर्दा समयमा सुरु हुन सकेन ।

मेयर तिलक राईले आन्दोलित नगरबासीहरुलाई सम्बोधन गर्दै फागुन २१ गते भन्दा अघि नै खानेपानी संस्थान बोर्डमा गाभ्ने र पानी एकद्वार प्रणालीबाट सहजरुपमा वितरण गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । खानेपानी संस्थानलाई बोर्डमा समायोजन गरेर समान रुपमा खानेपानी वितरण गरिने मेयर राईले बताउनुभयो । मेयर राईका अनुसार वीपी प्रतिष्ठानको खानेपानी संरचना पनि संस्थानले विगत २२ बर्षदेखि व्यवस्थापन गरिरहेकोले उक्त संरचनाको अध्ययन प्रतिवेदन आउन ढिलाई हुँदा संस्थानलाई जिम्मा लिन ढिलाई भएको हो । प्रतिष्ठानबाट प्रतिवेदन र पत्रसमेत आइसकेकोले अब भोलीदेखि हस्तान्तरण प्रक्रिया अघि बढ्ने र २१ गते अघि नै समस्या समाधान भइसक्ने उहाँले बताउनुभयो । मेयर राईले प्रतिवद्धता जनाएपछि नगर सभा सुरु भएको थियो ।

नगर सभाको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले गर्नु भएको थियो । नगर सभामा प्रमुख अतिथि सभामुख भण्डारी र प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्र प्रसाद श्रेष्ठले सम्बोधन गर्नु भएको थियो । मेयर राईले नगरसभा फागुन २१ गते गर्ने घोषणा गदैं त्यतिन्जेलसम्मका लागि नगर सभा स्थगित भएको घोषणा गर्नु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x