धरान । धरान उपमहानगरपालिकाले तेक्वान्दो खेलको विकासका लागि खेलकुद सामाग्री खेलाडीहरुलाई हस्तान्तरण गरेका छन् ।

धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर शनिबार १ लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएको हो । तेक्वान्दो खेलको विकासका लागि उपमहानगरपालिकाले चेस्ट कभर लेदरको ४ थान, हेड कभर लेदरको ४ थान, गुलिङ कभर प्लाष्टिकको ४ थान, सिंग कभर साधारण ४ थान, हेण्ड कभर साधारण ४ थान, किक प्याड साधारण २९ थान, किक प्याड भिडियम ४ थान र किक प्याड (ठूलो) ४ थान हस्तान्तरण गरेको जनाएको छ ।

नगर प्रमुख राईले धरानको गरिमा बढाउने क्लब र संघ संस्थाहरुलाई सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले तेक्वान्दो खेलले थुप्रै मेडलहरु जितेको बताउँदै तेक्वान्दोले धरानलाई चिनाउन सफल भएको उहाँले बताउनुभयो । धरानमा क्रियाशिल विभिन्न डोजाङहरुलाई आवश्यक पर्ने खेलकुद सामाग्रीहरु उपलब्ध गराउँदै आएको बताउँदै नगर प्रमुख राईले खेलाडीहरुलाई भावनाका साथ खेल्न र खेललाई दिर्घकालिन बनाउन आग्रह गर्नुभयो ।

उक्त खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा सुनसरी तेक्वान्दो डोजाङ संघका अध्यक्ष कुमार गुरुङ, धरान तेक्वान्दो डोजाङ संघका संस्थापक नविनचन्द्र मादेन, धरान उपमहानगरका खेलकुद संयोजक सुवास राई, धरान उपमहानगरका तेक्वान्दो प्रशिक्षक सुरज कार्की, धरान तेक्वान्दो डोजाङ प्रमुख गोपाल राई, भोटेपुल तेक्वान्दो डोजाङ प्रमुख मदन कुमार राई र फुस्रे तेक्वान्दो डोजाङ प्रमुख विवेक राईको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap