पुष १५। गुरुङ समुदायको महान् चाड तमु ल्होसारको अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले शुभकामना व्यक्त ब्यक्त गर्नु भएको छ।बुधवार नै शुभकामना सन्देश जारी गरि मेयर राईले स्वदेश तथा विदेशमा रहेका गुरुङ समुदाय लगायत सबै नगरवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको हो। ।

तमू ल्होतमू ल्होसार गुरुङ जातिमा नयाँ वर्षको आगमनको खुसीयाली स्वरूप मनाइएनि गरिन्छा। विशेष उत्साह र उमङ्गका साथ मनाइने सो पर्वको छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको मेयर राईले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ।

‘बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रूपमा रहेका छन्,’ शुभकामना सन्देशमा लेखिएको छ , ‘यस्तो विविधता नेपालका लागि मात्र विश्व समुदायमा पनि महत्त्वपूर्ण मानिन्छ ।

तमू ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नेछ भन्ने आफुले विश्वास लिएको मेयर राईले बताउनु भयो। तमू ल्होसार पर्वले नेपालको सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न समेत मेयर राईले आग्रह गर्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x