धरान । धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।

धरान वडा नं. १४ निवासी पूर्व प्रधानपञ्च एवं समाजसेवी ईन्द्र प्रसाद श्रेष्ठको निधनमा उपमहानगरपालिकाले आज शोक विदा दिएको हो । श्रेष्ठको हिजो बुधबार उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । श्रेष्ठको ८० वर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको श्रीमतीको दश दिन अघिमात्र निधन भएको थियो । श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक पनि हुन भने हाल नेपाली कांग्रेस सुनसरीका सल्लाहकार पनि हुनुहुन्थ्यो । श्रेष्ठकै अध्यक्षतामा कोरोना महामारीको (बन्दाबन्दीको बेला) समयमा धरानका सडक आश्रित मानिसहरुलाई धरान ८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा तिन महिनासम्म निःशुल्क खाना समेत खुवाइएको थियो ।

उहाँको निधनमा आज धरान उपमहानगरपाले शोक विदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार आजका दिन नगर कार्यपालिकाको कार्यालय साथै माताहतका कार्यालयहरु (अत्यावश्यक सेवा बाहेक) शोक विदा दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap