धरान । धरान उपमहानगरपालिकाले कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न विभिन्न निर्णयहरु गरेको छ ।

नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालासँग आज (शनिबार) बसेको बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न विभिन्न निर्णयहरु गरिएको हो ।

बैठकमा बजारमा उपलब्ध विभिन्न ब्राण्डका ह्याण्ड सेनिटाइजरहरुको गुणस्तर परिक्षण गर्नका लागि सुनसरी उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, नगर प्रहरी र स्वास्थ्य महाशाखासहितको टोलीले नमुना संकलन गरी केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार पठाउने निर्णय गरेको छ ।

यस्तै अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शवलाई ब्याग र्यापिङ्ग गरी सम्बन्धित पक्षलाई जिम्मा लगाउने व्यवस्था मिलाउन वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुरोध गर्ने साथै घरमै (होम आईशोलेसन) मृत्यु भएका संक्रमितलाई नेपाल सरकारको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड अपनाई ईलाका प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकासँग समन्वय गरी शव व्यवस्थापन गर्ने निर्णय भएको छ ।

यस्तै डेड बडी र्यापिङ ब्याग आवश्यक मात्रामा नेपाल रेडक्रस, सुनसरीसँग उपलब्ध गराउन अनुरोध गर्ने र मास्कको अनिवार्य रुपमा प्रयोग गर्न/गराउनका लागि सुनसरी उद्योग बाणिज्य संघको नेतृत्वमा नेपाल प्रहरी, नगर प्रहरी, नेपाल रेडक्रस सोसाईटी, नेपाल स्काउटसँग समन्वय गरी उपमहानगर क्षेत्रभित्र व्यापक रुपमा सचेतना गर्ने/गराउने निर्णय पनि भएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न क्वारेन्टाइन तथा आईसोलेशनको व्यवस्थापन सम्बन्धमा थप निर्णय गर्न अर्को बैठकमा प्रस्ताव गरिनेछ । कोभिड १९ बाट संक्रमित व्यक्तिको मृत्यु भएमा जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको शव बाहनलाई प्रयोग गर्ने निर्णय गरेको छ । उक्त बैठकमा नेपाल उद्योग बाणिज्य संघ सुनसरीको अध्यक्ष गिरिधारी सापकोटा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज वली, वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, सुनसरी उद्योग बाणिज्य संघका राजेश अग्रवाल, नेपाल रेडक्रस सोसाईटी सुनसरीका श्याम पोख्रेल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नेपाल रेडक्रस सोसाईटी सुनसरीका किरण कार्की, नगर प्रहरी विष्णु कोईराला, प्रशासन महाशाखा प्रमुख गणेश खतिवडा, व.क.नि. रामबाबु यादव लगायतको उपस्थिति रहेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap