धरान । धरानका स्व. मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस सम्पन्न भएको छ ।

स्व. मेयर सुब्बालाई सम्झदै धरान उपमहानगरपालिकाले शुक्रबार शोक सभाको आयोजना गर्दै तेस्रो स्मृति दिवस सम्पन्न गरेको हो । उपमहानगरपालिकाको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ प्रदेशसभाका सभामुख प्रदिप कुमार भण्डारी, उपमेयर मञ्जु भण्डारी र स्व. मेयर सुब्बाका दिदि होमकुमारी सुब्बाले स्व. मेयर सुब्बाको तस्बिरमा माल्र्यापण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए । वि.सं. २०७५ साल साउन १ गते स्व. मेयर सुब्बाको निधन भएको थियो ।

स्मृति सभालाई सम्बोधन गर्दै सभामुख भण्डारीले स्व. सुब्बाले गरेको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । सभामुख मण्डारीले स्वं सुब्बा धरानको लागी महत्वपूर्ण योगदान गरेको नेताको रूपमा परिचित रहेको स्मरण गर्नुभयो । स्व. सुब्बाको विकासका योजनाहरुले अहिले निरन्तरता पाईरहेको बताउँदै सभामुख भण्डारीले धरानको विकासलाई समृद्धितर्फ लान पनि आग्रह गर्नुभयो । ‘निर्वाचन भएपछि आफ्नो पूर्ण कार्यकाल सम्पन्न गर्न नपाउदै हामी बीच उहाँ भौतिक रुपमा रहनु भएन, तर, स्व. सुब्बाले देखेको समृद्ध धरान बनाउने विकासको बाटोहरु हामीमाँझ जिवितै छन्,’ उहाँले भन्नुभयो । स्व. सुब्बाले बनाएको योजनाहरुलाई अगाडी बढाउनुपर्ने उहाँको भनाई थियो ।

उपमेयर भण्डारीले विकासप्रेमी नेताको निधन भएको बताउनुभयो । स्व. सुब्बाले देखेको योजनाहरु अगाडी बढीरहेको उहाँले बताउनुभयो । धरान उपमहानगरपालिकामा हालसम्म ३ वटा नेतृत्व आईसकेको स्मरण गर्दै स्व. सुब्बा नै रहिरहेको भए एउटा गतिले विकास हुने उहाँले बताउनुभयो । ‘स्व. सुब्बाले एक वर्ष मात्र नेतृत्व चलाउन पाउनुभयो, त्यसपछि मैले कार्यबाहक मेयरको रुपमा डेढ वर्ष चलाए, उपनिर्वाचनपछि मेयर तिलक राई आउनुभएको छ, आर्थिक योजनाहरु अघि बढिरहेको छ, विकासका योजनाहरुमा निरन्तरता दिएका छौं, बसपार्क बनाउने समस्या समाधान हुदैछ,’ उहाँले भन्नुभयो । उपमेयर भण्डारीले खानेपानी आयोजना नआएको भए धरानबासी काकाकुल हुने अवस्थामा पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

स्मृति सभामा धरानका राजनितिक दलका नेता, वडाध्यक्ष, शाखा प्रमुख लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap