धरान । धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वनको भवनमा अक्सिजन सहितको आईशोलेसन सेन्टर सुचारु भएको छ ।

कोभिड संक्रमितका लागि २५ वेडको क्षमता रहेको आईशोलेसन सेन्टर जेठ १ गतेबाट सञ्चालनमा आएको हो । हाल उक्त आईशोलेसन सेन्टरमा ७ जना कोभिड संक्रमित विरामी बसिरहेका छन् । धरान उपमहानगरपलिकाका मेयर तिलक राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बुसहितको टोलीले आज (आईतबार) आईशोलेसन सेन्टरको निरिक्षण गरेका छन् ।

निरिक्षणको क्रममा मेयर राईले आईशोलेसनमा बसेका कोभिड संक्रमितहरुको अवस्था र व्यवस्थापनको बारेमा बुझ्नुभएको थियो । पत्रकार महासंघका अध्यक्ष राईले धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आईशोलेसन सेन्टरमा पत्रकार महासंघको पनि सहकार्य रहेको बताउनुभयो । उहाँले कोभिड संक्रमित भएका सुनसरी भरिका पत्रकारहरुका लागि आईशोलेसन बस्न आवश्यक रहेको खण्डमा हरियालीमा राख्न सकिने बताउनुभयो ।

उक्त अक्सिजन सहितको आईशोलेसन सेन्टरमा धरान उपमहानगरपालिकाले दुई जना स्वास्थ्यकर्मी खटाएको छ । आईशोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मी दिपकला राईले जानकारी दिनुभयो । खानेकुराको व्यवस्थापन धरान उपमहानगरपालिकाले गरिरहेको छ । आईशोलेसन सेन्टरमा बसेका संक्रमितहरुका लागि खेलकुदका सामाग्रीहरु पनि व्यवस्थापन गरिएको जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap